पिएसजीलाई १६ अंकको अग्रता

पिएसजीलाई १६ अंकको अग्रता

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) ले शनिबार राति पुनरागमनसहित सेन्ट एरिएनमाथि ३-१ अन्तरको जित निकालेको छ। 

घरेलु मैदानमा पिएसजीलाई जिताउन केलिएन एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गरे। सेन्ट इटिएनका डेनिस वोउएंगाले सान्त्वना गोल गरे।

जितसँगै पिएसजीले शीर्षस्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ। पिएसजीको २६ खेलबाट ६२ अंक छ। पराजित सेन्ट इटिएन २२ अंक जोडेर १६औं स्थानमा छ।

समान खेलबाट दोस्रो स्थानमा रहेको निसको ४६ अंक छ। 

Logo