एमसीसीबारे निर्णय लिन समाजवादीको सचिवालय बैठक बस्दै

एमसीसीबारे निर्णय लिन समाजवादीको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ। 

सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो।

प्रतिनिधिसभा बैठकको दुई घन्टा अघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडि बढाउन दिने, भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ।

Skip This
Skip This
Logo