एमसीसीको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

एमसीसीको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को पक्षमा उभिने निर्णय गरेको छ। 

एकीकृत समाजवादीको आइतबार दिउँसो बसेको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

यसअघि आइतबार बिहान बसेको गठबन्धन बैठकको निर्णयअनुसार एकीकृत समाजवादीले एमसीसीमाथि व्याख्यात्मक टिप्पणीसहितको घोषणालाई सर्मथन गर्दै अनुमोदन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव गंगाधर तुलाधरले जानकारी दिए।

उनका अनुसार घोषणालाई सम्झौताको अंग मानिनु पर्ने सर्तमात्र एमसीसीको पक्षमा उभिने निर्णय गरिएको हो। 

एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेको एकीकृत समाजवादी अन्ततः एमसीसीको पक्षमा उभिएको हो। 

Logo