७ दशमलव ७३ अंकले घट्यो नेप्से परिसूचक

७ दशमलव ७३ अंकले घट्यो नेप्से परिसूचक

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) नेप्से सामान्य अंकले घटेको छ। गत साताको अन्तिम दिन बिहीबार ५८ दशमलव ९९ अंकले घटेर बन्द भएको बजार आइतबार ७ दशमलव ७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० बिन्दुमा झरेको छ।

आइतबार २ हजार २९४ वटा धितोपत्रको ७० लाख ४० हजार ५६३ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

आइतबार १३ वटै समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। 

कारोबार रकमको आधारमा युनिभर्सल पावर कम्पनीको २० करोड ४४ लाख २४ हजार १४१ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

Skip This
Skip This
Logo