नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । एमसीसीबारे व्याख्यात्मक टिप्पणीलाई ग्रहण गर्नका लागि प्रतिनिधि सभाको बैठक बस्ने भएको हो ।
आइतबारको पहिलो प्रतिनिधि सभा बैठकमा सामान्य छलफल सकिएपछि दोस्रो बैठकले एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ ।
एमसीसीको एमसीसीबारे व्याख्यात्मक टिप्पणीलाई गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने छ ।
मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा यस्तो छ
सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ।
संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो ।
एमसीसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका पक्षमा मतदान गर्ने भएका छन् । तर गठबन्धनकै कतिपय नेताले एमसीसीको पक्षमा मतदान गर्न नसकिने बताएका छन् ।
यी सांसद एमसीसीको विपक्षमा
नेकपा माओवादी केन्द्रका दुई जना सांसदले एमसीसीको विपक्षमा मत दिने भएका छ्न् । सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा भोट हाल्ने भएका हुन् ।
सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।
तर सत्ता गठबन्धनका सांसदहरु पोखरेल र विशंखेले एमसीसीको विपक्षमा मत दिने भएका हुन् ।
त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि मतदान प्रकृयामा सहभागी नहुने भएका छन् ।































प्रतिक्रिया