सोमबार अज्ञात समूहले संघीय संसद् भवन अगाडि सडकको बीच भागमा राखेको ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो।.jpg)
त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद वस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरेको छ।
नयाँ बानेश्वरमा राखिएको प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। संसद् भवन नजिकै शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन तथा मानिस आवतजावत गर्न रोक लगाइएको थियो।
.jpg)
बिहान करिब १०ः३० बजेको समयमा संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएपछि सो स्थानमा कडा सुरक्षा व्यवस्था दिएको थियो।
.jpg)
सेनाका अनुसार सो वस्तु बम नभएर मानिस तर्साउनका लागि राखिएको प्रेसर कुकरभित्र सिसा, खाली कागज र प्लाटिकका टुक्रा भेटिएको थियो। अहिले नयाँ बानेश्वर क्षेत्र सामान्य अवस्थामा फर्किएको छ।
फोटो : केन्द्रबिन्दु































प्रतिक्रिया