काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका जाबेदले सभामुखको कार्यकक्षमै पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी गरिएको थियो । भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए । राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।
दुई देश बीचका संसदको सहकार्य बढाउँदै संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्नेमा उनको जोड छ । राजदूत जावेदले गृहमन्त्री रामबहादुर थापा बादल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका उच्च पदस्थ व्यक्तित्वसँग पनि बिदाइ भेट गरेका थिए ।































प्रतिक्रिया