नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र पुष्पकमल दाहाल 'प्रचण्ड'ले कार्यकर्ता उचालेर सडकमा अराजकता फैलाएको आरोप लगाएका छन् ।
एमसीसीका बारेमा आफ्नो पार्टीको धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सभामुख र माधव नेपालको पद जोगाउन गठबन्धनले एमसीसी पास गरेको पनि आरोप लगाए । ओलीले एमालेलाई सत्तागठबन्धनले पेलेर अघि बढेको पनि आरोप लगाएका छन् ।
संसद्को ठूलो पार्टीले संसद् बैठक अबरोध गरेपछि अन्य प्रक्रिया अघि बढाउन नपाउने संसदीय अभ्यास रहेकोमा आफ्नो पार्टीले संसद अवरोध गर्दा पनि सभामुखले पेलेर संसद् संचालन गर्नु असंवैधानिक भएको पनि ओलीको आरोप थियो । उनले एमसीसी सम्झौता गर्दा एमालेसँग कसैले पनि नसोधिएको बताएका छन् ।
कुनै पनि सम्झौता गर्दा त्यसमा उल्लेख गरिने भाषामा ध्यान दिनु पर्ने बताउँदै ओलीले संसदमा एमाले र एमसीसीका बारेमा फिँजाइएका हल्ला साँचो नभएको पनि दाबी गरे।





























प्रतिक्रिया