दलहरुको सत्ता केन्द्रित क्रियाकलापले देश गम्भीर संकटउन्मुख भयो : राजेन्द्र लिङ्देन

दलहरुको सत्ता केन्द्रित क्रियाकलापले देश गम्भीर संकटउन्मुख भयो : राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बलिन पुगेको बताएका छन् ।  

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिढीको रुपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध खल्बलिन पुगेको बताएका हुन् । 

प्रमुख राजनीतिक दलहरुकै कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलको रुपमा परिणत भएको भन्दै उनले दलहरुको सत्ता केन्द्रित क्रियाकलापका कारण देश गम्भीर  संकटतर्फ उन्मुख भएको बताए । 

अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगका बिचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको उल्लेख गरे । 

उनले भने ‘अहिले प्रमुख राजनीतिक दलहरुका सत्ताकेन्द्रीत क्रियाकलापका कारण गम्भिर संकटतर्फ आएको छ । मुलुकका तीन प्रमुख अंगहरुकामा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । लामो समयदेखि संसद भुमिकाविहिन छ । संसद केही राजनीतिक दलहरुको अकर्मण्यताका कारण बन्द छ । संसद संसदजस्तो छैन ।’ 

उनले अदालतमाथिको राजनीतिक हस्तक्षेप र अदालतभित्रै विद्यमान भ्रष्टाचारका कारण अदालत, अदालत जस्तो नभएको समेत बताए । कमजोर अर्थतन्त्र तथा बढ्दो युवा बेरोजगारी, राज्यका सबै अगंमा भ्रष्टाचार, र भ्रष्टाचारमा सबै प्रमुख राजनीतिक दलहरुको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नरहेको उनको भनाई छ । उनले आफुभन्दा कमजोर छिमेकी युक्रेनमाथि रुसको आक्रमण जतिकै भएको भन्दै यस घटनाबाट शिक्षा लिनुपर्ने बताए ।  
 

Skip This
Skip This
Logo