फोर्स गुर्खाको टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागिता

फोर्स गुर्खाको टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागिता

केन्द्रबिन्दु
0
Shares

केही समय पहिले मूल्य सार्वजनिक गरि बुकिङ्ग खुल्ला गरेको फोर्स गुर्खा 4X4X4 को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ। 

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा विक्रेता रहेको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा आफ्नै सोरुमबाट टेष्ट ड्राईभ क्याम्पियन सुरु गरेको पहिलो दिन अर्थात बुधबार उत्साहजनक रुपमा २६ जना सहभागी भई टेस्ट ड्राईभ गरि यसका विशेषताहरुको भरपुर आनन्द लिएका छन् । 

टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागीले ग्राहकहरुको फोर्स गुर्खा 4X4X4 प्रति आकर्षण बढेको जानकारी दिए। इच्छुक ग्राहकहरुले फाल्गुन २० गतेसम्म पोखरामा टेष्ट ड्राईभ गरि गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउनेछन्। 

पोखरामा रहेको टेष्ट ड्राईभ क्याम्पियन पश्चात नेपालको काठमाडौं, चितवन, झापा, इटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्राईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ।

Skip This
Skip This
Logo