नयाँ विद्यार्थीका लागि आईएसटी कलेजद्वारा ओरिन्टेसन कक्षा

नयाँ विद्यार्थीका लागि आईएसटी कलेजद्वारा ओरिन्टेसन कक्षा

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको ज्ञानेश्वरमा अवस्थित आईएसटी कलेजले बिएचएम र बिटिटिएममा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि ओरिन्टेसन कक्षाको आयोजना गरेको छ ।

कलेजले बुधवार ठमेल स्थित होटल अल्फर्टमा एक कार्यक्रमको आयोजना गर्दै एक सय भन्दा बढी विद्यार्थीहरूलाई ओरिन्टेसन कक्षामा सहभागी गराएको थियो ।
 

कार्यक्रममा कलेजका सिइओ नरेन्द्र बज्राचार्य, निर्देशक तेजबहादुर ढकाल, प्रिन्सिपल सम्झना बस्न्यातको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो ।  साथै साल्जवर्ग युनिभर्सिटी अष्ट्रियाकी डिन इभा ब्रुकर र इन्टरनेसनल प्रोग्राम अफिसर एना स्ट्याडलरबाट भर्चुवल मार्फत विद्यार्थिहरुलाइ शुभकामना सन्देश तथा युनिभर्सिटी बारेमा जानकारी दिएका थिए । 

अष्ट्रियाको साल्जवर्ग युनिभर्सिर्टी अफ एप्लाइड साइन्सेजबाट सम्बन्धन प्राप्त यस कलेजको अष्ट्रेलियाको इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट र चाल्स डार्विन युनिभर्सिटी, थाइल्याण्डको सिनावात्रा युनिभर्सिटी, अमेरिकाको साउथर्न न्यू ह्याम्सर युनिभर्सिटी, क्यानाडाको सेन्टेनियल कलेज, आयरल्याण्डको ग्रिफिथ कलेज र चीनको सान्या एभिएसन एण्ड टुरिजम कलेजको पनि आइएसटीसँग द्धिपक्षीय सहकार्य छ ।

 

आज भएको उक्त कार्यक्रमबाट नयाँ आउने विद्यार्थी कलेज के हो, सहकार्य को कोसँग छ ?, यस कलेजबाट पाउने डिग्रीको महत्व कस्तो रहेको छ ? भन्ने बारे प्रस्ट भएको कलेजका सिइओ नरेन्द्र बज्राचार्यले कार्यक्रममा जानकारी दिए ।

त्यस्तै यस कार्यक्रमबाट विद्यार्थीले आफ्नो कोर्षमा पढाइ हुने कुरा, पढाउने तरिका, क्लास र इन्टनसीपको बारे जानकारी पाउने कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातले बताइन् ।

उक्त ओरेन्टेसन एक हप्तासम्म चल्ने शनिन्द्र बज्राचार्यले जानकारी दिए । यसअघि ओरेन्टेसनकै क्रममा कलेजले विद्यार्थीलाई भक्तपुर र कीर्तिपुरका पर्यटकीय स्थानको भ्रमण गराएको छ । यो कार्यक्रम राजधानीकै अन्य केही होटलमा भ्रमण गराउने बारे पनि जानकारी गराईएको थियो।

समय सापेक्ष पाठ्यक्रम रहेको यो कलेज युनिभर्सिटी ग्रान्ट्स कमिशन (यूजीसी) बाट क्यू ए ए प्राप्त एक मात्र होटल म्यानेजमेन्ट कलेज पनि हो । आईएसओ प्राप्त यस कलेजको वार्षिक नतिजा पनि लोभलाग्दो छ ।

 

Skip This
Skip This
Logo