आत्मघाती गोलसँगै पहिलो लेगमा युभेन्ट्सलाई अग्रता

आत्मघाती गोलसँगै पहिलो लेगमा युभेन्ट्सलाई अग्रता

केन्द्रबिन्दु
0
Shares

इटालीयन सिरी ए क्लब युभेन्ट्सले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १-० अन्तरको जित निकालेको छ।

बराबरतर्फ धकेलिएको खेलमा लोरेन्जो भिनुटीले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले अग्रता बनाएको हो। 

खेलमा घरेलु टोलीले युभेन्ट्सलाई दवावमा राखे पनि गोल भने गर्न सकेन। यो जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।  

दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स फाइनल पुग्नेछ। दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ।

मंगलबार राति मिलान डर्वीमा एसी मिलान र इन्टर मिलानले पनि सेमिफाइनलको पहिलो लेगमा गोलरहीत बराबरी खेलेका थिए। यी दुईबीचको दोस्रो लेगको खेल पनि २० अप्रिलमै हुनेछ।

Skip This
Skip This
Logo