धादिङमा महिला हिंसाका घटनामा वृद्धि

धादिङमा महिला हिंसाका घटनामा वृद्धि

केन्द्रबिन्दु
0
Shares

धादिङ ।

जिल्लामा बालिका र महिलामाथि हुने हिंसाका घटना बढिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७६/७७ मा जबर्जस्ती करणीका २३ वटा, हाडनाता करणीका दुई , जबर्जस्ती करणी उद्योगका १३ र बालयौन दुरुपयोगका दुई वटा घटना दर्ता भएका थिए ।

कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी उपरीक्षक जयन्ती थापाले महिलामाथि हुने सबैप्रकारका हिंसा न्युनिकरण गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिइन् । एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट समस्यामा परेका महिलालाई सहयोग हुँदै आएको जनाइएको छ ।

Skip This
Skip This
Logo