हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण आगामी चैत्र १८ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा आगामी चैत्र १८ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो ।
इप्पानले जलविद्युत सम्बन्धी अन्तर्राष्ट्रियस्तरमा विकसित पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, नेपालमा जलविद्युत तथा ऊर्जा क्षेत्रमा थप ऊर्जा उत्पादन गर्ने तथा बजारको प्रवर्द्धन, देशभित्र विद्युत खपत बढाउनका साथै विभिन्न मुलुसँग जलविद्युत परियोजना विकास सम्बन्धमा छलफल गर्ने लक्ष्य लिएर बताइएको छ।
एक्स्पोमा जलविद्युत प्रबर्द्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बीमा, जलविद्युतमा नयाँ प्रविधि तथा निर्माण सामाग्रीका सप्लायरसँग सम्बन्धित एक सयभन्दा बढी स्टल राखिने इप्पान जनाएको छ। एक्स्पोमा राखिने स्टलमध्ये आधाभन्दा बढी विदेशी हुने इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। उनले यहाँ ५० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने पनि बताए।





























प्रतिक्रिया