सीपी मैनालीसहितका ११ दलले एमसीसीविरुद्ध आन्दोलन गर्ने, सोमबार विरोध सभा

सीपी मैनालीसहितका ११ दलले एमसीसीविरुद्ध आन्दोलन गर्ने, सोमबार विरोध सभा

केन्द्रबिन्दु
0
Shares

अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा साना दलहरुले आन्दोलनको घोषणा गरेका छन् । 

गत आइतबारको प्रतिनिधिसभा बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि यसको विरोध भइरहेको छ। यसैबीच एमसीसीको विरोधमा ११ दलीय गठबन्धनले संयुक्त जनआन्दोलनको घोषणा गरेका छन्। नेकपा मालेसहितका ११ दलले सोमबार दिउँसो १ बजे विरोधसभाको आयोजना गरेका हुन् । 

सीपी मैनाली महासचिव रहेको नेकपा (माले) लगायत ११ दलले एमसीसी सम्झौताविरुद्ध २३ गते जनआन्दोलन थाल्न लागेको जनाएका छन्। सो दिन मध्यान्ह साढे १२ बजे रत्नपार्कमा भेला भएर जुलुससहित इन्द्रचोक जाने कार्यक्रम रहेको ११ दलले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

एमसीसी धेरै पक्षबाट राष्ट्रघाती देखिएकाले त्यसको विरोध गर्दै संसदबाट अस्वीकृत गराउन आन्दोलनको आवश्यकता भएको ती दलहरुको ठहर छ। 

आन्दोलनको घोषणा गर्नेहरुमा सीपी मैनाली नेतृत्वको नेकपा माले, सुवासराज वाग्ले अध्यक्ष रहेको जनसमाजवादी पार्टी, तारानाथ लुइँटेल अध्यक्ष रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा लगायत रहेका छन्।

फाइल फाेटाे

Skip This
Skip This
Logo