नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको मतभेदलाई अतिरञ्जित ढङ्गले नबुझ्न आग्रह गरेका छन्।
आइतबार प्रतिनिधि सभाबाट एमसीसी अनुमाेदन भएसँगै उनी रुष्ट बनेका थिए। श्रेष्ठले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बताउँदै आए पनि पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो।
उनी पक्षधरले बिरोध गर्न थालेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टी छाडेर गए पनि फरक नपर्ने खालको अभिव्यक्ति दिएपछि माओवादीमा विवाद चुलिएको थियो। तर नेता श्रेष्ठले भने सञ्चारमाध्यममा विभिन्न ढंगले प्रचार भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्।
'हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर्विरोधलाई लिएर विभिन्न सञ्चारमाध्यम मार्फत विभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धका विषयलाई अतिरञ्जित ढङ्गले नबुझ्न सबैसँग अनुरोध गर्दछु' बिहीबार साँझ सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'अध्यक्ष प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ।'































प्रतिक्रिया