राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिँदै, को काे बिदा हुँदै?

राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिँदै, को काे बिदा हुँदै?

केन्द्रबिन्दु
0
Shares

०७४ सालमा निर्वाचित भएर गोलाप्रथाबाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ। रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो।

आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन्।

कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट  बाहिरिँदैछन्। नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ। मनोनित सांसद रामनारायण विडारी पनि राष्ट्रियसभाबाट आजै बिदा हुनेछन्।

०७५ असार ४ मा भएको गोलाप्रथा अनुसार आजबाट रिक्त हुने सांसदले चार वर्षे कार्यकालका चिठ्ठा समाएका थिए। जसअनुसार उनीहरुको कार्यकाल ४ वर्ष मात्रै हुन पुगेको हो।

Skip This
Skip This
Logo