सुनको मूल्य एक लाख नजिक

सुनको मूल्य एक लाख नजिक

केन्द्रबिन्दु
0
Shares

सुनको साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।
 
यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

Logo