सम्पदाहरुको पुन:र्निर्माणलाई अघि बढाएका छौं : विद्यासुन्दर शाक्य

सम्पदाहरुको पुन:र्निर्माणलाई अघि बढाएका छौं : विद्यासुन्दर शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरे ।  

मेयर शाक्यले सम्पदाहरुको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोही अनुसार काम नगरेको बताए । शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उनले संघीय सरकारले सहयोग नगरेपनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरुको पुनःर्निर्माणको कामलाई अघि बढाएको दाबी गरे । 

मेयर शाक्यले भने, ‘हामीले चुनावको बेला घोषणा गरेका थियौं–काठमाडौं एउता ऐतिहासिक शहर, सांस्कृतिक शहर । यसलाई जिवन्त बनाउनुपर्छ भनेर हामीले भनेका थियौं । यसलाई संरक्षण गर्ने, प्रवद्र्धन गर्ने र पर्यटनसँग जोड्ने भन्ने नीलि लियौं । चुनावी घोषणापत्र अनुसार नै हामीले सबै कार्य गर्दै आएका छौं । अहिले पनि यो सम्पदान भनेको राज्यको सम्पत्ति हो ।’ 

घर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । जस अनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार निकास भएको र यसको पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिए ।  

 

Skip This
Skip This
Logo