नारी दिवसको अवसरमा अल्का अस्पतालले महिलाहरुको उपचारमा छुट दिने

नारी दिवसको अवसरमा अल्का अस्पतालले महिलाहरुको उपचारमा छुट दिने

केन्द्रबिन्दु
0
Shares

विश्व नारी दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले महिलाहरुलाई उपचारमा छुट प्याकेज सार्वजनिक गरेको छ।

अस्पतालले स्त्रीरोग तथा प्रसुति सेवामा ओपिडीमा २० प्रतिशत, ल्यनव टेष्टमा २० प्रतिशत, शल्यक्रिया, आइभिएफ र आइयुआइमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो।

नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि २७ गतेसम्म महिलाहरुलाई छुट दिइने अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए।

यसका साथै अस्पतालले ओमन्स डे स्पेशल हेल्थ्य प्याकेज कार्यक्रम पनि ल्याएको छ। जसमा सहुलियत दरमा महिलाहरुले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन्।

Skip This
Skip This
Logo