प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण विडारीसहित ६ जनाको बिदाइ

प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण विडारीसहित ६ जनाको बिदाइ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी र पाँच सदस्य आफ्नो चार वर्षे कार्यकाल पूरागरी बिदाइ भएका छन्। समिति सचिवालयले 
शुक्रबारको बैठकपछि उनीहरूलाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाएर बिदाइ गरेको हो। 

चार वर्षे कार्यकाल पूरा गर्नेमा शान्ति अधिकारी, शेरबहादुर कुँवर, अगमप्रसाद वान्तवा, नैनकला ओझा र राधेश्याम अधिकारी छन् । यसअघि बैठकमा उनीहरूले प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन कार्यान्वयनका सन्दर्भमा समितिको प्रयास गौरव गर्न लायक रहेको दाबी गरे। 

प्रत्यायोजित विधायन अर्थात सहायक कानून निर्माणका सन्दर्भमा अपनाउनुपर्ने सजगता तथा त्यस्ता कानून कार्यान्वयन गर्न पूर्व अनिवार्यरूपमा संसद्लाई जानकारी गराउन पर्नेसहितको प्रावधान राखेर ऐनको मस्यौदालाई अन्तिमरूप दिन सफल भएको विषयलाई उनीहरूले उपलब्धिकारूपमा लिएको बताए।

Skip This
Skip This
Logo