नेपाली कांग्रेस महोत्तरीको दोस्रो चरणको निर्वाचनमा सहमति जुटेको छ ।
चुनावी प्रतिस्पर्धाबाट पछाडि हटेर सहमति भएपछि नागेश्वरी यादव सर्वसम्मत निर्वाचित हुने संकेत देखिएको छ ।
पहिलो चरणको निर्वाचनको मत परिणामबाट बजरङ्ग नेपाली बाहिरिएपछि नागेश्वरी यादव र सुशील यादव चुनावी मैदानमा थिए ।
कुनै पनि उम्मेदवारले निर्वाचनमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन तय भएको थियो ।
दोस्रो चरणको निर्वाचनमा सुशील यादव समूहले नागेश्वरी यादवलाई समर्थन गरेपछि निर्वाचनविना नै नागेश्वरी यादव निर्वाचित भएको घोषणा गर्ने तयारी भइरहेको पूर्व जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।
निर्वाचन अधिकृत इन्द्र अधिकारीले भने यो आधिकारिक नभएको बताएका छन् । ‘नेताहरूको अनुसार यस्तै सुनिएको छ म दुवै उम्मेदवारलाई भेट्न जाँदैछु हो रहेछ भने हामी सहमतिमा प्रक्रियाअनुसार घोषणा गर्नेछौ ।’ अधिकृत अधिकारीले भने ।
दुवै उम्मेदवार देउवा पक्षधर निकट मानिन्छन् । पौडेल पक्षधर बजरङ्ग नेपाली चुनावी प्रतिस्पर्धाबाट बाहिरिएपछि डिजाइनमा नै नागेश्वरलाई समर्थन गरिएको केही नेताहरूको आरोप छ ।
तीन जना उम्मेदवार मध्य पहिलो चरणको मत परिणाममा नागेश्वरी यादवले १०११, सुशील यादवले ७७९ र बजरङ्ग नेपालीले ३०६ मत ल्याएका थिए ।
तर, काङग्रेसभित्रका केही नेताहरूले भने नागेश्वरी यादव निर्वाचित भएको घोषणा मात्र गर्न बाँकी रहेको दाबी गरेका छन् ।































प्रतिक्रिया