राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन्। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष थापाले एमसीसी संसदबाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरुले दबाब र प्रभाव दिएको उल्लेख गर्दै उनीहरुकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका हुन्।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एससीसी छिटो पास गर भनेर अमेरिकाले दबाब दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरि शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्न सक्ने देखिएको स्पष्ट पारे । उनले विदेशी शक्ति राष्ट्रहरुले नेपालको स्वतन्त्र अस्तित्वमाथि नै प्रश्न उठने गरि राजनीतिक दलहरुका नेताहरुलाई दबाब दिइरहेको दावीसमेत गरे। त्यसले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको अध्यक्ष थापाको भनाइ थियो ।
अध्यक्ष नेपालले विदेशी सहायता लिने/नलिने निर्णय लिने काम नेपालकै भए पनि त्यसमाथि शक्ति राष्ट्रहरुले हस्तक्षेप गरिरहेको बताए ।































प्रतिक्रिया