सुनको मूल्य ताेलामा एक लाख रुपैंयाँ नाघ्याे, एकै दिन दुई हजारले बढ्याे

सुनको मूल्य ताेलामा एक लाख रुपैंयाँ नाघ्याे, एकै दिन दुई हजारले बढ्याे

केन्द्रबिन्दु
0
Shares

साताकाे पहिलाे दिन आइतबार सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ। 

यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ। 

चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैँयाँले बढेको छ। शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेकाे छ।

Logo