नेकपा एमालेका सांसद भीम रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रावलले निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् ।
उनले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी समेत गरे । देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे ।
उनले भने, ‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकार माथिको खेलवाड हो । र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो । किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधि मार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनताको जिविका जस्ता महत्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् र संसद भनेको देशमा उत्पन्न समस्याहरुको निकास दिने महत्वपूर्ण थलो हो । तर जसरी खेलवाड गरिएको छ, देशको कार्यपालिका, व्यवस्थापिका संसद, न्यायपालिका सारा अलपत्र गर्ने काम जुन गरिएको छ यो मलाई लाग्छ नेपाल राष्ट्रलाई कमजोर बनाउने कतैबाट सुनियोजित खेल त भइराख्या छैन ?’





























प्रतिक्रिया