महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। एपीएफ र आर्मीबीचको खेल चैत १० गते हुनेछ। 

लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ। दोस्रो चरण विराटनगरमा हुनेछ।

महिला लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब गरि तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता छ।

विभागीयबाहेक लिगमा विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ। गत वर्ष राष्ट्रिय महिला लिगको उपाधि एपिएफ क्लबले जितेको थियो।

Logo