४ दिनको कैद सजाय पाएर फरार रहेका चौधरी पक्राउ

४ दिनको कैद सजाय पाएर फरार रहेका चौधरी पक्राउ

केन्द्रबिन्दु
0
Shares

बैंकिङ कसुरमा ४ दिनको कैद सजाय ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत, पाटनद्वारा गत वर्षको फागुन २१ गते आठ लाख पचहत्तर हजार रूपैँया जरिवाना र ४ दिन कैद सजाय तोकिएका ५३ वर्षीय एक व्यक्ती पक्राउ परेका हुन् ।

साविक अमरपट्टी गा.वि.स.वडा नं. ४ परिवर्तित पचरौता न.पा.वडा नं. ०८ घर भई हाल काठमाडौंस्थित महाराजगंज बस्ने एकवाल चौधरीलाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चौधरीलाई सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको अपराध महाशाखाले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo