युक्रेनमा रहेका पाँच सय बढी नेपालीलाई सुरक्षित स्थानमा सारियो

युक्रेनमा रहेका पाँच सय बढी नेपालीलाई सुरक्षित स्थानमा सारियो

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् । 

‘युक्रेनमा रहेका नेपालीलाई सुरक्षित राख्ने काय जारी छ,’ सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए । 

मन्त्री खड्काका अनुसार युक्रेनबाट हालसम्म ४२७ जनालाई पोल्याण्ड, ७१ जनालाई स्लोभाकिया, २७ जनालाई रोमानिया र ८ जनालाई हंगेरीमा सारिएको छ । 

रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहको नेपालीलाई सुरक्षित स्थानमा राख्ने कार्य सुरु गरिएको हो । अझै पनि केही नेपालीहरू युक्रेनको युद्धग्रस्त क्षेत्रमा रहेको जनाइएको छ ।

Skip This
Skip This
Logo