समृद्धि र विकासका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री राजेन्द्र श्रेष्ठ

समृद्धि र विकासका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री राजेन्द्र श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले नेपालमा समृद्धि र विकासका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  

सोमबार ललितपुरमा एकीकृत प्रगतिशील इन्जिनियर समूहले गरेको उम्मेरदवार घोषणा र युवा तथा मधेस भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नयाँ नव निर्माण र प्रगतिशील चिन्तनको विकासमा समेत इन्जिनियरहरुले ठुलो योगदान गरेको चर्चा गरे । 

उनले भने, ‘नेपालको भौगोलिक स्थितिलाई ध्यानमा राखेर देश विकासका लागी इन्जिनियरहरु अगाडि बढ्न जरुरी छ । इन्जिनियरहरुले नयाँ चिन्तनका साथ कार्यदिशा बनाएर अगाडि जानुहोस् सरकारको तर्फबाट साथ रहने छ ।’ 

मन्त्री श्रेष्ठले देश निर्माणका लागि नयाँ चिन्तन भएका प्रगतिशिल इन्जिनियरहरुसँग सहाकार्य गर्ने समेत प्रतिबद्धता जनाए ।

नेपाल इन्जिनियर्स एसोसिएसनले ३३ औं कार्यकारिणि समिति केन्द्र र बागमति प्रदेशका लागि एकीकृत प्रगतिशील इन्जिनियर समुहको तर्कबाट उम्मेद्वारहरु सार्बजनिक गरेको छ ।

केन्द्रको तर्फबाट अध्यक्षमा हरिराम पराजुली , उपाध्यक्ष न्हसला तुलाधर, महासचिव शकर ढकाल , उप महासचिव समित थापा, कोषाध्यक्ष श्यामनारायण चौधरी ,सह कोषाध्यक्ष १२ जना सदस्य  तथा ५ जना परिषद सदस्यहरुको उम्मेद्बारहरु सार्वजनिक गरेको छ । 

समूहको बागमती प्रदेशकालागी सभापति गिरीधर मिक्ष् , केन्द्रिय सदस्य राम भारती , उपसभापति प्रसाद भण्डारी, सचिव अमर चन्द्र निरौला, सहसचिव कमल पोख्रेल ,कोषाध्यक्ष उमेश जंग थापासहित अन्य १० जना सदस्यहरुको उम्मेद्बारी रहेका छन् ।  

Skip This
Skip This
Logo