एनआरएनएमा मनोनयनको म्याद तीन दिन थपियाे, चुनाव पर धकेलियाे

एनआरएनएमा मनोनयनको म्याद तीन दिन थपियाे, चुनाव पर धकेलियाे

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का पदाधिकारीहरुका लागि चुनाव गराउन सोमबारदेखि खुला गरिएको नामांकनको समय तीन दिन थप गरिएको छ।

निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गरि अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा नोमिनेसन गर्ने म्याद शुक्रबार (मार्च ११) अपरान्ह ५ बजेसम्मका लागि बढाइएको जनाएको छ।

त्यस्तै अनलाइन मतदानका लागि मार्च २१ र २२ काे दिन तोकिएकोमा अब मार्च २४ र २५ मा मतदान गराइने निर्वाचन समितिका एक सदस्यले बताए। तर समितिले प्रकाशन गरेको सूचनामा त्यो उल्लेख छैन।

गैरआवासीय नेपाली संघका बहुसंख्यक सदस्यहरुलाई बाहिरै राखेर जबर्जस्ती एकपक्षीय निर्वाचन कार्यक्रम अगाडि बढाइएपछि त्यसको संसारभरि कडा विरोध भइरहेको छ। संस्थाभित्र सहमति बनाउन म्याद थप गरिएको भनिए पनि काम चलाउ अध्यक्ष पन्तकै निर्णयका कारण संस्था विभाजनको संघारमा पुगेको छ।

गत मार्च २ का दिन आइसीसीको बैठक बोलाएर पन्तले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग भएको दावी गरेका थिए। तर आइतबार बसेको राष्ट्रिय समन्वय परिषद (एनसीसी)का अध्यक्षहरुको बैठकले विधानविपरीत बोलाइएको उक्त बैठकका निर्णयहरुको कुनै कानुनी हैसियत नरहेको भन्दै प्रमुख संरक्षक शेष घले तथा संरक्षक परिषदलाई समस्याको समाधान गरि दशौँ महाधिवेशन गराउन आग्रह गरेका थिए।

प्रतिनिधिसम्बन्धी विवादकै कारण गत अक्टोबर २०२१ मा हुनुपर्ने संघको दशौँ महाधिवेशन अझै हुन सकेको छैन।

Skip This
Skip This
Logo