सिंगो पार्टीको ध्यान निर्वाचनमा केन्द्रित हुन्छ : माधव नेपाल (भिडियाेसहित)

सिंगो पार्टीको ध्यान निर्वाचनमा केन्द्रित हुन्छ : माधव नेपाल (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमती भएको दावी गरेका छन् । 

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको  बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमती भएको बताए । 

अध्यक्ष नेपालले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे । यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रिय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिने बताए । 

उनले भने, ‘हाम्रो सम्पूर्ण ध्यान अव निर्वाचनमा केन्द्रित हुनेछ । निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । निर्वाचनको निम्तिनै संगठन, शक्तिको परिचालन, निर्वाचनको निम्ति नै योजनाको निर्माण सिंगो पार्टी पंक्ति उपयुक्त ढंगले परिचालन गरेर अगाडि बढाउनुपर्ने आवश्यक्ता छ ।’ 

 

Skip This
Skip This
Logo