बिहीबार अमेरिकी डलरको भाउ केही घटेको छ। मंगलबार १२३ रूपैयाँ ४४ पैसा र बुधबार डलरको भाउ १२३ रुपैयाँ ३६ पैसा कायम भएको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैंयाँ २० पैसा छ भने बिक्रीदर १२२ रुपैंयाँ ८० पैसा कायम गरिएको छ।
रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्न थालेको हो। डलरसँगै सुन र इन्धनकाे मूल्य पनि उच्चरूपमा बढेकाे छ।































प्रतिक्रिया