हिरोकाे फाइनान्स स्किममा तोकिएकाे समयमा किस्ता तिरे ब्याज फिर्ता पाइने

हिरोकाे फाइनान्स स्किममा तोकिएकाे समयमा किस्ता तिरे ब्याज फिर्ता पाइने

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ फाइनान्स स्किम सार्वजनिक गरेको छ। 

उक्त स्किम अन्तर्गत ग्राहकले ४० प्रतिशत रकम डाउनपेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।

यसरी खरिद गर्दा लाग्ने १३ प्रतिशत ब्याजदरमा ग्राहकले समयमै किस्ता भुक्तानी गरेबापत कुल ब्याजको ४ प्रतिशत रकम पछि एकमुष्ट फिर्ता पाउनेछन्। कम्पनीले १२ महिना र २४ महिनाको किस्ताबन्दि योजना लागू गर्दै आएको छ।

यो योजना नेपाल जनरल मार्केटिङको काठमाडौं र ललितपुरमा रहेका शोरुममा मात्र लागू हुने कम्पनीले जनाएको छ। उपत्यकामा बालाजु, बालकुमारी, टेकु, कान्तिपथ, कुमारीपाटी र मित्रपार्कमा कम्पनीका शोरुम छन्।

Skip This
Skip This
Logo