एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चमा विवाद: एक नम्बर क्षेत्रको कार्यक्रम बहिस्कार गर्ने

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चमा विवाद: एक नम्बर क्षेत्रको कार्यक्रम बहिस्कार गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले रामेछाप-काठमाडौँ सम्पर्क मञ्चको नेतृत्वको लागि सहमति नभएपछि शनिवार देखि नेतृत्व चयन हुन सकेको थिएन । तर, बुधवार राती अध्यक्ष मण्डलले मनोमानी ढङगबाट उम्मेदवारी दिएका उमेद्वारसँग छलफल समेत नगरी नयाँ नेतृत्व चयन गरेको भन्दै विरोध सुरु भएको छ । सम्पर्क मञ्चको एघारौँ सम्मेलन फागुन २१ गते उद्घाटन भएको थियो । तर, नेतृत्व र पदाधिकारीमा धेरैको आकाङ्क्षा भएपछि सहमति हुन नसक्दा रोकिएको थियो । 

अध्यक्ष मण्डलले सहमति नभएर पश्चात् लोकतान्त्रिक प्रक्रिया मार्फत नेतृत्व चयन गर्नु पर्ने भए पनि एकलौटी रूपमा होटलमा बसेर भूगोल तथा निर्वाचन क्षेत्र समेत नसमेटि नेतृत्व चयन गरेको भन्दै उपाध्यक्ष पदका उमेद्वार प्रलाद खड्काले बताए । उनका अनुसार रामेछापको प्रदेश सभा अन्तर्गतको एक नम्बर क्षेत्रबाट सम्पर्कमञ्चको नेतृत्वको लागि उमेद्वार बनेका तथा सहमति बीना नेतृत्वमा चयन भएका सबैले शपथ ग्रहण बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिए । 

उनले भने,‘ अध्यक्ष मण्डलले उमेद्वारहरुसँग कुनै पनि छलफल नगरी आफ्नो निजी कम्पनी जस्तो गरेर मञ्चको नेतृत्व चयन गरेकाले मञ्चको कार्यक्रम एक नम्बर क्षेत्रले बहिस्कार गर्ने निर्णय गरेको छ । एक नम्बर क्षेत्रबाट पदाधिकारीमा चयन भएका उपाध्यक्ष,कोषाध्यक्ष लगायतका पदाधिकारी सबैले शपथग्रहण बहिस्कार गर्ने छन्।’

त्यस्तै,सचिव पदका उमेद्वार कुवेर खड्काले भूगोल अनुसार नेतृत्व चयन गर्नु पर्ने भए पनि एउटा खाँडादेखि गाउँपालिकाको कमिटी जस्तो गरी नेतृत्व चयन गरिएकाले मान्य नहुने बताए । उनले गोकुलगंगा गाउँपालिकाले पनि सम्पर्क मञ्चमा योगदान गरेकाले गोकुलगंगालाई हेपिएको बताए । हामी अध्यक्ष मण्डलले मध्ये राती एकलौटी रूपमा चयन गरेको नेतृत्व मान्न तयार छैनौँ । उनले भने,‘अध्यक्ष मण्डलले एकलौटी रूपमा नेतृत्व चयन गर्‍यो। यो मञ्च कुनै एक व्यक्तिको निजी संस्था होइन। सबै भूगोल, क्षेत्र र समावेशीताका आधारमा नेतृत्व चयन गर्नु पर्छ । तर,त्यस्तो नभएकाले नेतृत्व हामीलाई मान्य छैन ।’

खड्काले एकलौटी नेतृत्व चयन गर्नको लागि चार दिन आलटाल गरेर अध्यक्ष मण्डल बसेको बताए । उनले टालटाल गरेकाले एक नम्बर क्षेत्रबाट उमेद्वारहरु सबैले सामूहिक रूपमा उमेद्वार फिर्ता गर्ने तयारी रहेको अवस्थामा मध्ये राती नेतृत्व चयन गरिएको जानकारी दिए । 

बुधवार रामेछाप-काठमाडौं सम्पर्क मञ्चको राकेश श्रेष्ठको अध्यक्षमा ५३ सदस्यीय सम्पर्क मञ्च चयन गरिएको थियो। सम्पर्क मञ्चको उपाध्यक्षमा  दिवस कार्की, महिला उपाध्यक्षमा लक्ष्मी न्यौपाने, सचिवमा प्रमोद भण्डारी, उपसचिव द्वयमा जीवनराज खत्री र अम्बिका बोहोरा चयन भएका छन् । कोषाध्यक्षमा दिलबहादुर श्रेष्ठ चुनिएका छन् ।

Skip This
Skip This
Logo