जो ७ सय जनालाई दिनहुँ निःशुल्क खाना खुवाउँछिन् (भिडियोसहित)

जो ७ सय जनालाई दिनहुँ निःशुल्क खाना खुवाउँछिन् (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाका कारण समस्यामा परेका, रोजगारी गुमाएका व्यक्तिहरु वा कोरोनाकै कारण खाना खान नपाएकाहरुलाई विभिन्न मनकारी व्यक्ति र संघ संस्थाले अहिले निःशुल्क खाना खुवाइरहेको हामीले पढ्ने, सुन्ने गरेका छौँ । चार महिना लामो लकडाउन, त्यसपछिको निषेधाज्ञाको यो समयमा सयौं व्यक्तिहरुका लागि खाना बनाएर सधैं एउटै समयमा खुवाउनु चानचुने कुरा होइन । हो उनीहरुले बनाउने खाना कसरी बन्छ ? कहाँ बन्छ ? खर्च कसरी व्यवस्थापन गर्छन् होला ? खाना बनेको ठाउँबाट कसरी प्याकिङ भएर आउँछ ? आज हामी तपाईलाई देखाउँदै छौँ त्यो भित्रि कथा, जुन तपाई हामीले विभिन्न सञ्चारमाध्यम सामाजिक सञ्जालमा देख्ने गरेका छौँ ।

विश्वव्यापी बनेको कोरोना महामारीले नेपाललाई पनि नराम्ररी प्रभाव पारेको छ । हजारौं संक्रमित भएका छन् । तीन सय ६० जनाले ज्यान गुमाएका छन् भने लाखौले रोजगारी गुमाएका छन् ।

कोरोनाका कारण रोजगारीमा मात्रै होइन हजारौंले दुई छाक खाना खान समेत पाएका छैनन् । गत चैतबाट कोरोना संक्रमणको जोखिम कम गर्न जारी भएको लकडाउनले धेरैजना हप्ता दशदिन भन्दा बढी समय भोकै बस्न बाध्य भए ।

अवस्था तत्काल सामान्य नहुने अवस्था आएपछि मनकारी व्यक्ति र संघसंस्थाहरुले कोरोनाका कारण खाना नपाएकाहरुलाई खोजी खोजी सहयोग गर्न थाले । कोही, हप्ता दश दिन एक महिनामा थाके त कोही आजको दिनसम्म पनि त्यस्ता व्यक्तिहरुलाई खोजी खोजी खाना खुवाइरहेका छन् । तिनै मध्येकी एक हुन इन्दिरा रानामगर । थप विवरण हेरौं यो भिडियोमा :

 

Skip This
Skip This
Logo