नेपाल क्लियरिङ हाउसले नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यूआरको औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नेपाल क्लियरिङ हाउसले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआरले बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा सञ्चालनमा ल्याएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले विभिन्न बैंक तथा वित्तीय संस्थाको क्युआर सञ्चालनमा आए पनि अब नेपालपे क्युआरबाट मोबाइलको क्युआरबाट साधारण नागरिकले पनि कारोबार गर्न सक्ने बताए ।
उनले भने,‘विभिन्न स्टुमेन्ट मध्येमा आज हामीले नेपालपेको क्युआर सञ्चालनमा ल्याएर कारोबार सुरु गरेका छौँ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट क्युआर मार्फत कारोबार भइरहेकोमा अब साधारण नागरिकले पनि प्रयोग गर्न सक्नुहुन्छ । विभिन्न मोबाइल एपबाट,मोबाइल बैंकिङ एप वा कनेट आइपिएसबाट कारोबार गर्ने सकिन्छ ।’
शुक्रवार देखि पेमेन्ट गेटवेमा नेपालपे क्यूआर पनि थप भएको छ । नेपालपे क्युआर क्यूआर कोडमा स्क्यान गरी मोबाइल बैंक, वालेट, कनेक्ट आईपीएस लगायतबाट सजिलै राजस्व भुक्तानीसमेत सकिने भएको छ । अहिलेसम्म हिमालय बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, कनेक्ट आईपीएस लगायतका मोबाइल एपबाट क्यूआर स्क्यान गरी कारोबार गर्न सकिने कम्पनीले बताएको छ ।
नेपालपे क्यूआरको पूर्वाधारमा हिमालय बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक र समृद्धि फाइनान्स मार्फत क्यूआर अक्वायरको कार्य पनि सुरु भइसकेको छ । एउटै क्यूआरलाई स्क्यान गरी भिसा, युनियन पे, अलपे, नेपालपे क्यूआर लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ ।
तस्बिर: नेपाल क्लियरिङ हाउस































प्रतिक्रिया