‘मेडिकल साइन्सको सहयोगले पुरुष बन्न गाह्रो छ, तर महिला बन्न सजिलो छ’

‘मेडिकल साइन्सको सहयोगले पुरुष बन्न गाह्रो छ, तर महिला बन्न सजिलो छ’

केन्द्रबिन्दु
0
Shares

केटाको रुपमा जन्मिएका व्यक्ति कसरी केटी बन्छ ? वा केटीलाई कसरी केटा बनाइन्छ ? मेडिकल साइन्सको सहयोगले पुरुष बन्न अलि गाह्रो छ। तर, महिला बन्न सजिलो छ।

अढाई वर्षको अवधिमा चिकित्सकाले करिब ६ वटा शल्यक्रियाबाट लिङ्ग परिवर्तन गरिदिन सक्छ। लिङ्ग परिवर्तन प्रक्रियाको प्रारम्भमा आवश्यक्ता अनुरुपको (पुरुषलाई महिला/महिलालाई पुरुषको) हर्मोनको डोज दिन सुरु गरिन्छ। हर्मोनको निश्चित डोज दिएपछि शल्याक्रिया सुरु गरिन्छ।

स्वयंलाई मानसिक रुपले तयार गर्ने
यदि आफूले लिङ्ग बदल्न चाहेको हो भने, त्यसका लागि मानसिक रुपले क्रमशः स्वयंलाई तयार गर्दै लानुपर्छ। जब आफू तयार भइन्छ, तब सोही अनुसार वातावरण आफू अनुकुल बनाउँदै लैजानुपर्छ।

गुप्ताङ परिवर्तन गर्ने प्रक्रिया
कुनै पुरुषको गुप्ताङ महिलामा परिवर्तन गर्नु एक लामो प्रक्रिया हो। युरोपियन सोसाइटी अफ युरोलोजीले एक एनिमेशनको मद्दतले यस प्रक्रियाको बारेमा जानकारी दिएको थियो, जसमा कसरी लिङ्ग बदलेर पुरुषको लिङ्गलाई महिलाको योनीको रुप दिइन्छ।

शल्यक्रियाअघि केही परीक्षण
जब शल्याक्रिया हुन्छ, पुरुषको लिङ्गको स्थानमा योनी बनाइन्छ वा योनीको स्थानमा लिङ्ग । यसमा उनीहरुले यौन सन्तुष्टि प्राप्त गर्न सक्छन् । तर, यो शल्याक्रियाअघि उनीहरुको मनोवैज्ञानिक परीक्षण हुन्छ। साथै उनीहरुको स्वास्थ्यको पनि पुरै परीक्षण हुन्छ, ताकि शल्याक्रियापछि उनीहरु वास्तममै बद्लिन्छन कि बद्लिँदैनन् भनेर । किनभने शल्याक्रियासँगै उनीहरु भौतिकरुपमा मात्र होइन, मानसिक हिसाबले पनि बदलिनुपर्छ।

१८ महिनाको अभ्यास
आफ्नो लिङ्ग बदलेर दोस्रो लिङ्गमा रुपान्तरण हुन चाहनेले सुरुमा विपरितलिङ्गीको संगत गर्नुपर्छ, १८ महिनासम्म। जस्तो कुनै पुरुष महिला बन्न चाहन्छन् भने, उसले १८ महिना महिलाको संगत गर्नुपर्छ। महिलाकै जीवनशैली अनुशरण गर्नुपर्छ। साथै हर्मोन थेरापी पनि गराउनुपर्छ।

त्यसपछि खुट्टाको दुबैतर्फ चिरेर शल्यक्रिया गर्ने स्थान बनाइन्छ। अन्डाशय बाहिर निकालिन्छ। एवं प्रक्रियाले लिङ्गलाई योनीको आकारमा बदलिन्छ।

लिङ्गको तीन किसिमको नसालाई अलग गरिन्छ। जस्तो कि जुन अंगले लिङ्गको महसुस गराउँछ, जहाँबाट पिसाब र वीर्य श्राव हुन्छ, ती सबैलाई अलग गरिन्छ। पिसाब उत्पादन हुने स्थानलाई छाडेर बाँकी अंग काटिन्छ। लिङ्गलाई योनीको आकारमा बदलिन्छ र योनीद्वार बनाइन्छ।

६ घण्टासम्मको शल्यक्रिया
यो शल्यक्रिया लगातार ६ घण्टासम्म चल्न सक्छ। अध्ययनहरुमा पाइएको छ कि, लिङ्ग परिवर्तन पछि उनीहरु राम्रो यौन जीवन जीउन सक्छन्। जसरी पुरुषबाट महिलामा रुपान्तरण हुन्छन्, उसैगरी महिलालाई पनि पुरुष बनाइन्छ।एजेन्सीहरूकाे सहयाेगमा

Skip This
Skip This
Logo