गण्डकी प्रदेशमा आज ४४ कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा आज ४४ कोरोना सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेशमा ४४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिनेमा कास्कीको पोखरा महानगरपालिकाकाका ३४, रुपा गाउँपालिकाका चार, तनहुँको शुक्ला गण्डकीका छ, लमजुङको मध्य नेपाल नगरपालिकाका तीन र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

यससँगै यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६४ पुगेको निर्देशनालयले जनाएको छ ।

Skip This
Skip This
Logo