युक्रेनबाट चार नेपाली स्वदेश फर्किएपछि देउवाले दिए भारत सरकारलाई धन्यवाद

युक्रेनबाट चार नेपाली स्वदेश फर्किएपछि देउवाले दिए भारत सरकारलाई धन्यवाद

केन्द्रबिन्दु
0
Shares

युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता भएका छन् । भारत सरकारको सहयतामा उनीहरू शनिबार काठमाडौं आइपुगेका हुन् । युक्रेनमा जारी युद्धको क्रममा अलपत्र परेका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै भारत सरकारले अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फिर्ता गरिरहेको छ। सोही क्रममा भारत सरकारले चार जना नेपालीलाई पनि फिर्ता ल्याएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । शनिबार बिहान  प्रधानमन्त्री देउवाले ट्विट गर्दै मोदी र उनको सरकारलाई धन्यवाद दिएका हुन् ।

ती नेपाली नागरिकहरू भारत हुँदै काठमाडौं आइपुगेका हुन्। प्रधानमन्त्री देउवाले लेखेका छन्, 'युक्रेनबाट भारत हुँदै चार जना नेपाली भर्खरै नेपाल आइपुगेका छन् । नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने काममा सहयोग गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद।'

Skip This
Skip This
Logo