जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकले समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको छ।
शनिवार काठमाडौंमा शुरु भएको पार्टीको प्रथम संघीय परिषद् बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। उक्त प्रतिवेदनमाथि अहिले ८ वटा समूह बनाएर छलफल चलिरहेको जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए।
उनले फागुन २९ र ३० गते बस्ने पार्टीको केन्द्रिय समितिको दोस्रो बैठकमा भने स्थानीय निर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्ने बारेमा छलफल हुने बताए। विभाग प्रमुख खतिवडाले केन्द्रिय समितिको बैठकमा पार्टीको स्थानीय निकाय निर्वाचन सम्बन्धी निर्देशिकामाथिको छलफल र संगठनात्मक सवालहरुका बारेमा छलफल हुने पनि बताए ।
विभाग प्रमुख खतिवडाले केन्द्रिय समितिको बैठकमा समसामयिक राजनीतिमा पार्टीका धारणाका बारेमा पनि विस्तृत छलफल गर्ने बताए ।































प्रतिक्रिया