ठेकेदार र वन अध्यक्षको मिलेमतोमा सामुदायिक वनको ढुंगा उत्खनन्

ठेकेदार र वन अध्यक्षको मिलेमतोमा सामुदायिक वनको ढुंगा उत्खनन्

केन्द्रबिन्दु
0
Shares

उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङ–बाजगरास्थित दुधकोसी किनारमा सामूदायिक वन क्षेत्रभित्र अबैधरुपमा क्रसर ठेकेदार र वन अध्यक्षको मिलेमतोमा ढुंगा खानी सञ्चालन गरेको छ। सामुदायिक वनको अध्यक्ष र ठेकेदारको मिलेमतोमा अबैधरुपमा ढुंगा खानी सञ्चालन गरि प्राकृतिक दोहन भइरहेको रहस्य खुलेको छ।

कानुनी प्रक्रिया पूरा नगरि अबैधरुपमा सामुदायिक वन क्षेत्रभित्र दोहन भइरहेको रहस्य खुलेको हो। गोल्डेनगुट कन्स्ट्रक्सन जेभी गाईघाटका सञ्चालक सुमन्त कोइराला र जनशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बृखबहादुर मगरबीचको मिलेमतोमा अबैध ढुंगा उत्खनन् भइरहेको छ।

सो क्षेत्रमा सञ्चालित क्रसरको लागि सय मिटर पूर्वत्तर क्षेत्रमा रहेको जंगल क्षेत्रको ढुंगा उत्खनन् गरि क्रसरमा प्रयोग भइरहेको छ। ढुंगा उत्खनन् बारे अध्यक्ष मगरले भने, ‘यो बाटो बेल्टार जानेबाटो हो, त्यहाँ अलिकति साँघुरो पनि भएकोले ठेकेदार सुमन्त कोइरालाले मागेको मागेकै गरेपछि हामी समिति र आम उपभोक्ताको निर्णयले ३ लाख रुपैयाँ दिने शर्तमा उत्खनन् गर्न दिएका हौं।

ठेकेदार कोइरालाले भने, ‘त्यहाँका वन समितिले बाटो फराकिलो हुन्छ ढुंगा खन्नु की खन्नु भनेकाले मात्र आफूले खनेको हो। त्यसबापत मैले ३ लाख रुपैयाँ पनि दिएको छु ।´बाटो बनाइ दिने बाहानामा ठूलो प्राकृतिक सम्पदा नै नष्ट र भूक्षय तथा पहिरोको जोखिम बढ्न सक्ने स्थानीयबासीले बताए। तर ठेकेदारले दिने भनिएको रकमको चेक एक जना व्यक्ति कर्णबहादुर तामाङको नाममा दिएकाले उसैले सो चेक राखेको पनि अध्यक्ष मगरले बताए। चेक आगामी चैत ५ गतेभित्र पैसा जम्मा गर्ने शर्तमा दिएको अध्यक्ष मगरले बताए ।

कति घन मिटर, कति क्षेत्रफलसम्म उत्खनन् गर्न दिने भन्ने टुंगो नै नभए पनि यति यहाँसम्म भनेर देखाइएको छ त्यति मात्र खन्ने हो, अध्यक्ष मगरले बताए । सो विषयमा वडाध्यक्ष कुरुङ राईलाई भने कुनै जानकारी नभएको बताए । उनले भने, ‘मलाई जानकारी नभएको भन्दा ठेकेदार सुमन्त कोइरालाले चाहीँ फोन मार्फत सामान्य जानकारी गराएका थिए। तर विस्तृत जानकारी त्यहाँका स्थानीय वन उपभोक्ता समितिहरुसँग सामाजिकरुपमा छलफल भएको छैन, अब विस्तारै सो बारेमा बुझ्नेछु। सो विषयमा डिभिजन वन कार्यालय उदयपुरका प्रमुख अम्बिकाप्रसाद पौडेललाई कुनै जानकारी नभएको बताए ।न्युज कारखाना

Skip This
Skip This
Logo