भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल

भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल

केन्द्रबिन्दु
0
Shares

एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाए। यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे। 

साथै एमसीसी सम्झौता अनुमोदन भइसकेपछिको अवस्थाबारे पनि सदनलाई जानकारी दिन सांसद रालवले माग गरेका छन् ।  

यस्तै सांसद प्रेम सुवालले भने लिपुलेकसहितका क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको भन्दै आपत्ति जनाएका छन् ।

Skip This
Skip This
Logo