गृहमन्त्री खाण र नेकपा प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

गृहमन्त्री खाण र नेकपा प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकपाका प्रवक्तासँग आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । 

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयवस्तुको कार्यान्वयन पक्षबारे दुई नेताबीच भेटवार्ता भएको हो।

छलफल सकारात्मक रहेको दुवै पक्षले जनाएका छन्। भेटमा गृहमन्त्री खाणले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताएका थिए।  नेकपा र सरकारबीच ०७७ फागुन २० गते तीन बुँदे सहमति भएका थियो।

Skip This
Skip This
Logo