इन्डोनेसियामा ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिममा रहेको तटीय क्षेत्रमा केन्द्रबिन्दु पारेर ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराई २१ किलोमिटर रहेको छ। 

भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए। ‘भूकम्प एक मिनेटसम्म महशुस गरिएको थियो । मानिसहरू त्रासले घरबाहिर निस्किएका थिए,’ राष्ट्रिय विपत न्यूनिकरण निकायले आफ्नो प्रारम्भिक रिपोर्टमा भनेको छ। भूकम्पपछि निरन्तर परकम्पहरु गइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ। 

भूकम्पको केन्द्रबिन्दु पश्चिमी सुमात्रा प्रान्तको ठूलो सहर पदाङबाट १९७ किलोमिटर टाढा रहेको जनाइएको छ।एजेन्सी 

Skip This
Skip This
Logo