प्रमुख प्रतिपक्ष दल नेकपा एमाले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न पार्टी केन्द्रिय कमिटीको बैठक बोलाउने तयारी गरेको छ ।
सोमबार बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले केन्द्रिय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।
त्यसका लागि आवश्यक एजेन्डाहरु तय गर्न भोली (मंगलबार) अपरान्ह ३ बजे पार्टी केन्द्रिय सचिवालयको बैठक बोलाइएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनले पार्टीको सिंगो पंक्तिलाई निर्वाचन केन्द्रित गराउने कामका लागि पार्टी पोलिटव्यूरो बैठक पनि छिट्टै बोलाउने विषयमा केन्द्रिय कार्यालय बैठकमा छलफल गरिएको बताए ।
प्रचार विभाग उपप्रमुख रिजालले भन्नु भने, ‘भोली ३ बजे आयोजना हुने पार्टी केन्द्रिय सचिवालयको बैठकका एजेन्डाहरुको बारेमा छलफल भएको छ । हामी अहिले निर्वाचनको तयारीमा छौं । सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमहरु सम्पन्न गरेका छौं । र, छिट्टै हाम्रो पार्टीको अरु तहको बैठकहरु पनि आयोजना गरेर सम्पूर्ण पार्टी पंक्तिलाई निर्वाचनमा केन्द्रित गर्नेगरी कार्ययोजना बनाउन गईरहेका छौं । त्यहीँ कार्ययोजनाको सन्दर्भसहित आज केन्द्रिय कार्यालय बैठकमा छलफल भएको छ । र, छिट्टै आयोजना हुने पार्टीको पोलिटव्यूरो, केन्द्रिय कमिटी बैठकको सन्दर्भमा पनि आज छलफल भएको छ ।’
नेकपा एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।































प्रतिक्रिया