नेपाल–साउदी अरबबीच द्विपक्षीय बैठक सम्पन्न

नेपाल–साउदी अरबबीच द्विपक्षीय बैठक सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेपाल र साउदी अरबबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ। 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुमा छलफल भएको थियो। 

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गरेका थिए। 

बैठकमा नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हस्ताक्षर दुवै देशका विदेशमन्त्रीले गरेका थिए। 

Logo