सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन मंगलबार मध्यरातिदेखि अन्त्य गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्रतिनिधिसभाको जारी १०औं अधिवेशन र राष्ट्रिय सभाको ११औं अधिवेशन एकसाथ अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै थियो भने राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित छ ।
अधिवेशन अन्त्यको सिफारिससँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव पनि अन्योलमा परेको छ । महाभियोगमाथि बुधबारबाट छलफलको कार्यतालिका थियो ।
संसदको चालु अधिवेशनको पहिलो दिनबाटै प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्दै आएको छ । एमाले अवरोधका कारण नागरिकतासहित महत्वपूर्ण विधेयकहरु पारित हुन सकेनन् भने अवरोधकाबीच सरकारले एमसीसी भने संसद्बाट अनुमोदन गराएको छ ।
संघीय संसद्को चालु अधिवेशन मंसिर २८ गतेबाट सुरु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना जारी गरेपछि अधिवेशन अन्त्य हुनेछ ।































प्रतिक्रिया