नेकपा (माओवादी केन्द्र)का संघिय संसद् सुदन किरातीले १० वर्षे जनयुद्धका वीर योद्धाहरूको हदैसम्म अपमान भएको बताएका छन् ।
उनले बिहीबार सामाजिक संञ्जामा मार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् । किरातीले उक्त प्रतिक्रियासँग केन्द्रबिन्दुसँगको टेलिफोन वार्तामा भने ‘२००७ सालको आन्दोलनका योद्धाहरूलाई हेरौँ, झापा विद्रोहका योद्धाहरू त अझै जीवितै छन् । उनीहरूको अवस्था कस्तो छ ? आन्दोलनले सबै कुरा राम्रो मात्रै हुन्छ भन्ने हैन । माओवादीको दश वर्षे जनयुद्धले देशमा परिवर्तन ल्याएको छ । त्यो पनि हेरौँ न । एउटा म्युजिक भिडियो बनाएर योद्धाहरूलाई याैनकर्मीसँग जोड्नु भनेको हदैसम्मको अपमान हो ।’
उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ‘सहिद हुने खेतिमा हामी लागेका हौ तर कसैको निगाहाले होइन संयोगले बाँचेका हौँ । हो हामीलाई निश्चय नै यतिबेला धेरै दुख छ तर स्वाभिमान र गर्व पनि उत्तिकै छ । जसरी ूमैन बत्तिले आफूलाई जलाएर अरूलाई उज्यालो दिन्छ हो त्यही जलाईले आज देशमा गणतन्त्रको उज्यालो उदाएको छ ।योद्धाहरूको योगदानले आज रैतीहरू नागरिकमा बदलिएका छन्, दलित र महिला मान्छे भएका छन्, गाउँ गाउँमा सरकार आएको छ, सबै धर्म संस्कृति सिद्धान्त सम्मान र सुन्दर भएका छन् ।’
यसरी महान् जनयुद्धको अपमान गर्नु असह्य रहेको उनले जानकारी दिए । आफ्नो पछिल्लो गीतका कारण विवादमा रहेका प्रकाश सपुतलाई इंकित गर्दै उनले केन्द्रबिन्दुसँग भने ‘जनयुद्धको राम्रा पक्षको पनि वकालत गरौँ न । आज यतिसम्म बोल्न पाउने स्वतन्त्रता गणतन्त्रले ल्याएको हैन ? गणतन्त्र मुलुकमा कसले भित्रायो भन्ने कुरा त बिर्सन भएन नि । विरोध र पिडाकै मात्र कुरा गर्ने हो भने त २१ औँ शताब्दी सुरु नहुँदै देखि देशमा आन्दोलनहरू भएका छन् । ती योद्धाहरू र तिनका परिवारको अवस्था कसले बुझेको छ ? ’
उनले सञ्जाल मार्फत भनेका छन् ‘स्मरण रहोस् ००७ को जनक्रान्तिमा सहभागी भएका मुक्ति सेनाहरू आज उहाँहरूको मृत्युमा कात्रो किन्नलाई चन्दा उठाउने स्थितिमा छ । झापा विद्रोहमा दसौँ वर्ष जेल बसेका योद्धहरुको आज पनि छानो छैन पार्टी कार्यालय डल्लुमा आएर दुख सहन नसकेर आत्महत्या गरेको घटना धेरै भएको छैन तर आज जनयुद्धको पात्र, प्रवृत्ति र परिस्थिति माथि मात्र हिट गर्नु प्रायोजित होइन भन्नु कसरी सकिन्छ ? नेपालको इतिहासमा जुन दश वर्षको संघर्षले सबै भन्दा ठुलो परिवर्तन ल्याएर आयो । संसारमा कहाँ छ भिषण युद्ध पछि दुख नभै एकै पटक सुख आएको देश । एउटा उदाहरण देखाउन सक्नु हुन्छ ?’





























प्रतिक्रिया