कसैको उच्छृंखल प्रश्नको जवाफ दिने फुर्सद हाम्रो सभापतिलाई छैन : महामन्त्री शर्मा

कसैको उच्छृंखल प्रश्नको जवाफ दिने फुर्सद हाम्रो सभापतिलाई छैन : महामन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई अनावश्यक कुरामा अलमलिने समय नहुने बताएका छन्।

कीर्तिपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले देउवाले जथाभावी प्रश्नको जवाफ नदिने बताएका हुन् । ‘ओलीका हल्का, उच्छृंखल प्रश्नको जवाफ दिने फुर्सद पार्टी सभापतिलाई छैन । आवश्यक परे हामीले दिने हो’, उनले भने ।

यसअघि, शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यंग्य गरेका थिए।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले होइन, यदि काल मार्क्स र लेनिनले नै भोट हाल्न पाउँथे भने बोलीको ठेगान नभएका कम्युनिष्टलाई भन्दा कांग्रेसलाई भोट हाल्थे’, शर्माले भने ।

Logo