४ हजार ६१ परीक्षणमा ३७ जनामा संक्रमण

४ हजार ६१ परीक्षणमा ३७ जनामा संक्रमण

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमण दर दैनिकरूपमा कम हुँदै गइरहेको छ। 

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६१ परीक्षण गरिएको छ। जसमध्ये ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेको पनि मन्त्रालयले जनाएको छ ।

यस अवधिमा मृत्यु संख्या शून्य रहेको छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या ३८२ रहेको छ। 

विगत २४ घण्टामा २२ हजार ६८७ जनामा कोरोना संक्रमणविरूद्धको खोप लगाइएको छ।

सक्रिय संक्रमितको संख्या ३ हजार २४१ रहेको छ । 

काठमाडाैं उपत्यकामा १२ जनामा संक्रमण देखिएकाे छ । जसमध्ये काठमाडाैंमा १०, ललितपुरमा २ जना छन् । 

Skip This
Skip This
Logo